जनता टाइम्स

३१ बैशाख २०८२, बुधबार ०९:१२

मित्रका कमजोरी उसैको कानमा भन्नू, राम्रा पक्ष माइकमा भन्नू : केपी ओली 


काठमाडौ‌ं, ३१ बैशाख ।  नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रलाई सच्याउने जिम्मेवारी असल मित्रको हुने बताउनुभएको छ ।

नेकपा एमाले जनसंगठनका पदाधिकारीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मित्रका कमजोरी सुधार्नु असल मित्रको दायित्व हुने बताउनुभयो । मित्रका कमजोरी प्रचार गरेर आफैँ कमजोर हुने उहाँको धारणा छ ।

मित्रका राम्रा पक्षको प्रचार र कमजोरीको सुधारमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । ‘मित्रका कमजोरी छन् भने उसैको कानमा भन्नू, राम्रा पक्ष छन् भने माइकमा भन्नू, मित्रका कमजोरी सुधारका लागि भन्ने हो, प्रचारका लागि होइन’, ओलीले भन्नुभयो ।

कार्यक्रममा पार्टी जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल लगायत पदाधिकारीको सहभागिता रहेको थियो ।