काठमाडौं, १ जेठ। प्रतिनिधि सभा सदस्य मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगले टेरामक्स प्रकरणमा उहाँ विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि उहाँको सांसद पद निलम्बनमा परेको हो । निलम्बन अवधि भर उहाँ संसद् बैठकमा उपस्थित हुन पाउनुहुने छैन । बस्नेत निलम्बनमा परेको सूचना प्रतिनिधि सभामा सभामुखले सुनाउन भने बाँकी रहेको छ ।
बस्नेत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । उहाँले नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो ।
सञ्चार मन्त्री हुँदा बस्नेतले अधिकारभन्दा बाहिर गई टेरामक्स कार्यान्वयनको निर्देशन दिनुभएको थियो । सोही निर्देशनको आधारमा दूरसञ्चार प्राधिकरणका अधिकारीले कानुन विपरीत काम गरेको अभियोग छ । बस्नेतसहित १६ जना विरुद्ध दर्ता भएको सो मुद्दामा अख्तियारले जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रुपैँया बिगो दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्