जनता टाइम्स

३ जेष्ठ २०८२, शनिबार ०६:५२

मदन–आश्रितको विचार र मार्गदर्शन प्रेरणाको श्रोत : केपी ओली 


काठमाडौं, ३ जेठ। नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादले नै लोकतान्त्रिक परिवर्तन सफल भएको बताउनुभएको छ ।

मदन–आश्रित स्मृति दिवसको अवसरमा सन्देश दिँदै ओलीले जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले नै लोकतान्त्रिक परिवर्तन सफल भएको उल्लेख गर्नुभएको छ । ‘३२ वर्ष अगाडि आजको दिन, हामीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमायौँ, जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

मदन भण्डारीको बिचार र मार्गदर्शन सधैँ प्रेरणाको श्रोत बन्ने उहाँले उल्लेख गर्नुभएको छ । ‘मदन–आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौँ, उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ, मदन–आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु’, ओलीले लेख्नु भएको छ ।