काठमाडाैं, ९ जेठ। मधेस प्रदेशमा जनमत पार्टीले २ जना मन्त्रीलाई फिर्ता बोलाएको छ ।
जनमत नेतृत्वको सरकारले २ जना मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गरेको हो ।
जनमत पार्टीका वन तथा वातावरण मन्त्री त्रिभुवन साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलीलाई पार्टीले फिर्ता बोलाएको छ । उहाँहरूलाई फिर्ता बोलाएर मुख्यमन्त्री सतीश कुमार सिंहको सिफारिसमा सञ्जयकुमार यादवलाई वन तथा वातावरण मन्त्रालय र वसन्त कुशवाहकलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्रीहरूलाई हिजै शपथ ग्रहण गराइएको छ । शपथग्रहण गरे लगतै दुवै जना मन्त्रीले आ–आफ्नो मन्त्रालयमा कार्यभार सम्हाल्नु भएको छ ।
जनमत पार्टीले मन्त्रिपरिषद् पुनर्गठन नियमित प्रक्रिया भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्