जनता टाइम्स

१० जेष्ठ २०८२, शनिबार १०:०३

विरोधीले तिखो आलोचना गर्दासम्म हामी सही ठाउँमा हुन्छौँ : शंकर पोखरेल 


काठमाडौं, १० जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले सही बाटोमा नै भएको कारण विरोधीहरूले आलोचना गर्ने गरेका बताउनुभएको छ ।

विरोधीले आलोचना गर्दासम्म सही बाटोमा छौँ भन्नु कुरा बुझ्नु पर्ने पोखरेलको धारणा छ । चिनिया क्रान्तिको बेला माओले भन्नुभएको यो भनाई एमालेजनलाई यतिवेला गहिरो गरी अनुभूति हुनु आवश्यक रहेको पोखरेलले स्पष्ट पार्नुभएको छ ।

‘विरोधीहरूले हाम्रा काम र नीतिको प्रशंसा गरे भने सम्झनु कतै भुल त भएको छैन ? उनीहरूले तिखो आलोचना गरे भने सम्झनु हामी सही ठाउँमा छौँ’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेख्नु भएको छ ।