जनता टाइम्स

११ जेष्ठ २०८२, आईतवार ०७:५३

आजबाट एमालेबाट निर्वाचित वाग्मती प्रदेशका वडाध्यक्षहरूको भेला, प्रधानमन्त्रीले उद्घाटन गर्दै 


काठमाडौं, ११ जेठ । नेकपा एमालेबाट निर्वाचित वाग्मती प्रदेशका वडाध्यक्षहरूको भेला आजबाट ललितपुरमा सुरु हुँदै छ ।

भोलिसम्म चल्ने भेलाको नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  भेलामा वाग्मती प्रदेशमा एमालेबाट निर्वाचित ३ सय ५९ जना वडाध्यक्षले सहभागिता जनाउने नेकपा एमाले वाग्मती प्रदेश इञ्चार्ज राजन भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रमको बिहान ११ बजे ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम ललितपुरको गोदावरी स्थित होटेल भ्यु भृकुटीमा आयोजना  गरिँदै छ ।

निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रूपमा रहेका वडाध्यक्षहरूसँग साक्षात्कार गरी उहाँहरूको धारणा सुन्न भेला आयोजना गरिएको एमालेले जनाएको छ । यसबाट जनताको अपेक्षा बुझ्न सहज हुने प्रदेश इञ्चार्ज भट्टराईले जानकारी दिनुभयो ।