काठमाडौं, जेठ ११ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
बैठक केही बेर अघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो । बैठकमा पछिल्लो राजनीतिक विकास क्रम र बजेटबारे छलफल हुने बताइएको छ ।
सत्ता साझेदार दलका सांसद एवं गृह मन्त्री रमेश लेखकमाथि भिजिट भिसाबारे प्रश्न उठेपछि पहिलो पटक एमाले सचिवालय बैठक बसेको हो ।
सचिवालय बैठकमा जनसंगठनको महाधिवेशनका क्रममा देखा परेका अराजकताको विषयमा समेत छलफल हुने बताइएको छ । पोखरामा जारी पार्टीको युवा सम्बद्ध जनसंगठन राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनमा नेतृत्व चयनका विषयलाई लिएर विभिन्न समूह बनाइ प्रदर्शन गरिएको विषयलाई पार्टीले गम्भीर रूपमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्