काठमाडौं, १२ जेठ । नेकपा (एमाले) को भ्रातृसंगठन राष्ट्रिय युवा संघको नेतृत्वका आज मतदान हुँदै छ । निर्वाचन समितिले सूचना टाँस गर्दै बिहान ८ बजेदेखि मतदान हुने जनाएको छ । प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले जारी गरेको सूचनाअनुसार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।
विद्युतीय मेसिनबाट हुने मतदानलगत्तै मतगणना सुरु गरिनेछ । मतगणना सकिएपछि निर्वाचन परिणाम घोषणा हुनेछ । पोखरामा पहिलोपटक युवा संघको महाधिवेशन भएको हो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी १०औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न शुक्रबार (जेठ ९) उद्घाटनसत्रमा आग्रह गर्नुभएको थियो । सर्वसम्मत नभए स्वस्थ प्रतिस्पर्धा गर्न उहाँले निर्देशन दिनुभएको थियो । उद्घाटनपछि बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित गरिएको छ । त्यसपछि नेताहरूले सर्वसम्मत नेतृत्व चयनको प्रयास थालेका थिए । तर, सहमति सम्भव नभएपछि मतदान निम्ति शनिबार राति ४५ वटा विद्युतीय मेसिन ल्याइएको छ । महाधिवेशनमा एक हजार ७५० प्रतिनिधि छन् ।
युवा संघको नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा थेबे र पुरी भिड्दै

प्रतिक्रिया दिनुहोस्