जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार ११:३१

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष– कांग्रेस


काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भन्नुभयो ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’ उनले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको समेत बताउनुभयो ।