काठमाडौं, २४ जेठ । युक्रेनको राजधानी किएभमा रुसले ठूलो सङ्ख्यामा ड्रोन र मिसाइल आक्रमण गरेको छ । आक्रमणका कारण कम्तिमा तीन जनाको ज्यान गएको छ । ४९ जना घाइते भएका छन् । ज्यान गुमाउनेहरु युक्रेनको आपतकालीन सेवा विभागका कर्मचारी रहेका छन् ।
युक्रेनका अनुसार आक्रमणमा चार सयभन्दा धेरै ड्रोन र ४० भन्दा बढी मिसाइल प्रयोग गरिएको थियो । पछिल्लो पटक रुसले युक्रेनको राजधानी किएभसँगै देशका उत्तर–पश्चिममा पर्ने लुस्क सहर र टर्नोपिल क्षेत्रलाई पनि लक्षित गरेर आक्रमण गरेको हो ।
रुसको रक्षा मन्त्रालयले आक्रमणको जिम्मेवारी लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले युक्रेनमा आक्रमण गर्न सक्ने चेतावनी समेत दिनुभएको थियो । त्यसबारेमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई जानकारी समेत गराएको खबरमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्