जनता टाइम्स

२३ जेष्ठ २०८२, शुक्रबार ०७:५१

गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी १० जनाको मृत्यु


एजेन्सी – गाजामा भएको इजरायली आक्रमणले बिहीबार कम्तीमा १० जनाको ज्यान गएको छ । यसका साथै सेनाले तीव्र आक्रमण जारी राखेको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

एजेन्सीका प्रवक्ता महमुद बासलले भने, “बिहानदेखि इजरायली आक्रमणबाट अहिलेसम्म १० जना शहीद भएका छन् ।” आक्रमणहरूले दक्षिणी सहर खान युनिस र गाजा सहर र मध्य सहर देइर अल–बालाहका घरहरूमा विस्थापित नागरिकहरूले शरण लिइरहेका क्षेत्रलाई लक्षित गरेका थिए ।

इजरायली सेनाले घटनाको बारेमा कुनै टिप्पणी गरेको छैन । हमासलाई पराजित गर्ने प्रयास स्वरुप इजरायलले पछिल्लो समयमा गाजामा आक्रमण अझ तीव्र बनाएको छ ।