भर्जिनिया (अमेरिका), जेठ २४ । अमेरिकामा एकै परिवारका चार नेपाली मृत अवस्थामा फेला परेका छन। म्यानेसस पार्क प्रहरी विभागका अनुसार भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा एक महिला, एक पुरुष र दुई बालबालिका मृत अवस्थामा फेला परेका हुन ।
बिहीबार राति करिब १०स्४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरूलाई सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेको म्यानेसस पार्क प्रहरीले जनाएको। घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले घरको तल्लो तलामा प्रवेश गर्दा चार जना व्यक्तिको गोली प्रहारबाट हत्या भएको अवस्थामा फेला परेको जानकारी दिएका हुन ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन। घटनास्थलबाट एउटा बन्दुक पनि बरामद गरिएको छ। गोली चलाउने व्यक्तिको परिचय भने सार्वजनिक भएको छैन।
प्रहरीले शवहरू म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा परीक्षणका लागि पठाइएको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्