काठमाडौं, ११ असार । नेकपा एमालेका पोलिटब्युरा सदस्य कमलप्रसाद चौलागाईँले लेख्नु भएको गित सार्वजनिक भएको छ ।
नेपालका ख्याति प्राप्त संगितकार शक्तिवल्लभ श्रेष्ठले संगित दिनुभएको सो गित गाइका बानिका प्रधानले गाउनुभएको छ । गितको एरेञ्जर मनोहर सुनामले गर्नुभएको छ भने रेकर्डिङ मिक्सिङको काम भोला पौडेलले गर्नुभएको छ ।
दुर्घटनामा परी ज्यान गुमाएको गुमाएका नाति हिकारु गौमतको स्मृतिमा सो गित तयार गरिएका चौलागाईँले बताउनुभयो । हिकारुको अमेरिकामा ईन्जिनियरिङ अध्ययन गर्ने क्रममा पौडी खेल्न जाँदा तलाउमा डुबेर निधन भएको थियो । उहाँको स्मरणमा परिवारले हिकारु फाउण्डेसन पनि स्थापना गरी विभिन्न सामाजिक काम गर्दै आएको छ ।
यस्तो छ गित :
तिमी आयौ खुसी ल्यायौ
सारा खुसि खोसि लग्यौ
जता हेर्छु उतै देख्छु
सोचि रहन्छु कतै भेट्छु !
पलक झपक जसरी आयौ
रुवाउदै कता गयौ ?
तिमी आयौ खुसि ल्यायौ
सारा खुसि खोसि लग्यौ !
त्यो स्कुलको ढोका तान्छु
कुरी बस्या होला ठान्छु !
त्यो स्कुलको ढोका तान्छु
कुरी वस्या होला ठान्छु !
फेरि झस्कि सम्हालिन्छु
रित्तो जीवन कहालिन्छु !
तिमी आयौ खुसि ल्यायौ
सारा खुसि खोसि लग्यौ !
बल खेल्ने मैदान पुग्छु
मैदान भित्रै तिमी देख्छु !
बल खेल्ने मैदान पुग्छु
मैदान भित्रै तिमी देख्छु !
बल सङ्गै गुडि गयौ
आकासमा उडि गयौ !
तिमी आयौ खुसि ल्यायौ
सारा खुसि खोसि लग्यौ !
रङ्गै उड्यो रुपै उड्यो
तिमी सङ्गै खुसि उड्यो !
प्यारो मान्छे फेरि आउ
अर्को जुनी कुरि बस्छु !
तिमी आयौ खुसि ल्यायौ
सारा खुसि खोसि लग्यौ !
जता हेर्छु उतै देख्छु
सोचि रहन्छु कतै भेट्छु !
पलक झपक जसरी आयौ
रुवाउदै कता गयौ !
तिमी आयौ खुसि ल्यायौ
सारा खुसि खोसि लग्यौ !
प्रतिक्रिया दिनुहोस्