जनता टाइम्स

११ असार २०८२, बुधबार १८:५४

एमाले नेतृ बिन्दा पाण्डे र उषाकिरणको कार्वाही फुकवा


काठमाडौं, असार ११ । नेकपा एमालेले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटी सस्दय उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले ‘आलोचनात्मक चेत’ को कारण कार्वाहीमा परेका दुवै जना नेतृको निलम्बन फुकुवा गरेको हो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पाण्डे र तिमिल्सिनाको निलम्बन फुकुवा भएको बताउनु भयो ।

यसअघि गत पुस १० गतेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्काशन गर्दै पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । मंगलबार निलम्बनको ६ महिना पुगेको भोलिपल्ट बसेको बैठकले दुवै नेतृको कारबाही फुकुवा गरेको हो ।

पाण्डे र तिमिल्सिनाले पार्टी अनुशासनविपरीत काम गरेको एमालेको निष्कर्ष थियो । एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दानमा लिने निर्णयका पाण्डे र तिम्सिनासहितका नेताहरूले सार्वजनिक रूपमै आक्षेप लगाउनु भएको थियो ।