काठमाडौ, १९ असार । एसिसी पुरुष यू–१६ इस्ट जोन कपको सेमिफाइनलमा नेपालले मलेसियालाई नौ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमै एक विकेटको क्षतिमा पूरा गरेको हो ।
सुरुमा ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमै अलआउट भएको हो। नेपालका लागि अभय यादवले चार र शुभम खनालले तीन विकेट लिएका थिए।
ब्याटिङतर्फ नेपालका लागि परिमर्जन यादवले ३५ बलमा ५९ बलको आक्रामक इनिङ खेलेपछि नेपालले सहजै जित निकालेको हो।
नेपाल समूह ‘ए’को विजेता र मलेसिया समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन् । समूह ‘ए’मा नेपालले चारै खेलमा उत्कृष्ट नतिजा निकाली अन्तिम चारको स्थान पक्का गरेको थियो । नेपालले समूह चरणमा सिंगापुर, जापान, इन्डोनेसिया र भुटानमाथि सानदार जित निकालेको थियो । सेमिफाइनमा पनि उत्कृष्ट नजिता निकालेको छ।
आजै अर्को सेमिफाइनलमा समूह ‘बी’को विजेता हङकङ र समूह ‘ए’को उपविजेता सिंगापुरबिच खेल हुनेछ । सो खेलमा विजेतासँग नेपालले फाइनल खेल्नेछ ।
सन् २०२३ को संस्करणको फाइनलमा नेपालले मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराउँदै उपाधि हात पारेको थियो ।
प्रतिक्रिया दिनुहोस्