जनता टाइम्स

१ मंसिर २०७६, आईतवार ०९:०४

सिमा विवादबारे सांसद झाँक्रीको प्रश्न – ‘राजदूतलाई स्पष्टिकरण सोध्ने कि मन्त्रीले भाषण दिने ?’


काठमाडौं, मंसिर १

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रामकुमारी झाँक्रीले भारतले सीमा मिचेको विषयमा सरकारले राजदूतसँग स्पष्टिकरण सोध्नुपर्ने बताउनु भएको छ । उहाले कूटनीतिक पहल नगरी मन्त्रीहरूले भाषण गर्दै हिँडेकोप्रति भने असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालबाट सांसद झाँक्रीले सरकारले कुटनीतिक पहल नगरेको भन्दै आक्रोश समेत पोख्नु भएको छ । उहाले सरकारलाई कूटनीतिक पहल गरेर सीमा समस्या सुल्झाउन सुझाव पनि दिनु भएको छ । ‘सीमाबारे सरकारका मन्त्रीले भाषण गर्दै हिँड्ने कि त्यो देशको राजदूतलाई बोलाएर सोध्ने ? वक्तव्य निकाल्ने की ? मन्त्रिपरिषदले तुरून्त आफ्नो राजदूत मार्फत ध्यानाकर्षण गराउने ? कूटनीतिक पहल गर्न आफ्नो प्रतिनिधि पठाउने ? वा हामी हाम्रो भूमी एक इन्च पनि मिच्न दिन्नौँ भन्ने बेतुकको भाषण दिने?’,उहाको भनाई छ ।