जनता टाइम्स

१ मंसिर २०७६, आईतवार २०:४४

नेकपाले टुंग्यायो प्रवास कमिटीको नेतृत्व, इञ्चार्जमा बृन्दा पाण्डे


काठमाडौं, मंसिर १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) ले प्रवास कमिटीको नेतृत्व टुंगो लगाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले एकताको कामलाई पुर्णता दिँदै प्रवास कमिटीको टुंगो लगाएको हो ।

बैठकले प्रवास कमिटीको इन्चार्जमा डाक्टर वृन्दा पाण्डे, सहइन्चार्ज लक्ष्मण पन्त, अध्यक्षमा यूवराज चौंलागाई र सचिवमा श्रीप्रसाद शाहलाई चयन गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले सा कमिटीको सदस्यमा तिल बिकलाई जिम्मेवारी दिने निर्णय गरेको छ । अव प्रवास कमिटीले आफ्नो काम अघि बढाई प्रवासमा रहेका कमिटीको टुंगो लगाउने छ । पाण्डे तात्कालिन नेकपा एमालेको पनि प्रवास कमिटी इञ्चार्ज हुनुहुन्थ्यो ।