जनता टाइम्स

१० मंसिर २०७६, मंगलवार १०:५१

प्रधानमन्त्री ओलीको स्वास्थ्य अपडेट : चिकित्सकले गरे एपेन्डीसाइटिसको आशंका


काठमाडौं, मंसिर १०

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ । सोमबार रातिदेखी पेट दुख्ने समस्यापछि उहा आज विहान त्रिवि शिक्षण अस्पतालमा पुग्नु भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइनु भएका प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको अस्पताल स्रोतले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सक अरुण सायमिले प्रधानमन्त्रीलाई एपेन्डीसाइिटसको आशंकामा शल्यक्रियाको तयारी सुरु गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्रीको उपचारमा रमेशसिंह भण्डारी लगायतका चिकित्सक संलग्न हुनुहुन्छ । उहाको आजै अप्रेसन गरिन लागिएको हो । एपेन्डीसाइटको अप्रेसन सामान्य खालको शल्यक्रिया भएको चिकित्सकहरुले जानकारी दिनुभएको छ ।

के हो एपेन्डिस ?

यो पेटको दाँयातिर तल्लो भागमा हुन्छ । एपेन्डिसको काम के हो भन्ने निश्चित छैन । कतिपय अनुसन्धानमा पनि यो शरिरमा काम नलाग्ने अंग भएको र मानव विकासका क्रममा आफैं हराएर जाने बताएका छन् ।

कतिपयले एपेन्डिस राम्रा जीवाणुको ‘स्टोर हाउस’ भएको र यसले मान्छेलाई झाडापखाला भएपछि पाचन प्रणालीलाई दुरूस्त पार्न सहयोग गर्ने बताएका छन् । एपेन्डिस फुट्यो वा संक्रमणमा भयो भने सहन नसक्ने गरी पेट दुख्छ । त्यसपछि डाक्टरहरूले शल्कक्रिया गरेर एपेन्डिसलाई काटेर फालिदिन्छन् । यो सामान्य शल्यक्रियामात्र हो ।