जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार १०:५१

सागको मंगलबार नेपालले थप्यो तीन स्वर्ण, डुवाथोलनमा नेपाललाई स्वर्ण र रजत


काठमाडौं, मंसिर १७

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले मंगलबार विहानसम्म थप तीन स्वर्ण पदक जितेको छ । यो सगै नेपालको स्वर्ण पदक १८ पुगेको छ । पोखरामा भएको दुवाथोलनमा पनि नेपालले स्वर्ण पदक जितेको छ । मंगलबार आयोजित प्रतियोगितामा हिमाल टमाटाले स्वर्णपदक दिलाउन सफल हुनु भएको हो ।

पोखराको लेकसाइडमा भएको यस इभेन्टमा नेपाल, भारत र श्रीलंकाका ६ खेलाडी सहभागी थिए । डुवाथोलनमा खेलाडीहरुले ५ किमी रनिङ, २० किमी स्वीमिङ र पुनस् २.५ किमी रनिङ गर्नुपर्छ ।

यही प्रतिस्पर्धामा नेपालकै लक्ष्मण मल्ल दोस्रो हुँदै रजत पदक जित्नु भएको छ । यसअघि उसुमा विजय सिंजाली र सुस्मिता तामाङले स्वर्ण पदक जित्नु भएको थियो । सोमबार भने नेपालले कँराते र तेक्वान्दोमा सात–सात र ट्रायथलनमा सोनी गुरुङ्गले स्वर्ण जित्न सफल हुनु भएको थियो ।