जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार ०७:१८

कोशी र वागमतीसहित यी प्रदेशमा हुनेछ आज भारी वर्षा


काठमाडौं, साउन १४ । मौसम पूर्वानुमान महाशाखाले बिहीवार कोशी र वागमतीसहित अधिकांश प्रदेशमा भारी वर्षा हुने भन्दै सचेत गराएको छ ।

महाशाखाका अनुसार देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास र नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहँदा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना छ । पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी  र वाग्मती प्रदेशका हिमाली र पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । कोशी , वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको पहाडी र तराई भूभाग साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।