सिरहा, १४ साउन । सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले आज दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
प्रशासनका अनुसार लहान नगरपालिकाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ बलान खोलादेखि पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम) सम्म तथा राजमार्गको वरिपरि ५०० मिटर क्षेत्रसम्म कर्फ्यू लागू गरिएको छ ।
यसअघि प्रशासनले गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा पनि कर्फ्यू आदेश जारी गरेको थियो । पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ गोलबजार–६ सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ सम्मको क्षेत्रमा कर्फ्यू लगाइएको थियो ।
स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न तथा सम्भावित अप्रिय घटना रोक्न कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्