जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार १६:४२

सिरहाको गोलबजारस्थित एबी मलमा आगजनी, अवस्था तनावग्रस्त


काठमाडौं,  साउन  १४। सिरहामा प्रदर्शन चर्किएसँगै आगजनी र तोडफोडका घटना बढेका छन् । बिहीबार बिहानदेखि प्रदर्शनले उग्र रूप लिएपछि जिल्लाका विभिन्न क्षेत्रमा अवस्था तनावग्रस्त बनेको हो ।

यसैबीच सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरिएको छ ।

गोलबजार क्षेत्रमा कर्फ्यू आदेश जारी भए पनि तनाव कम हुन नसकेको बताइएको छ । आगजनीपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू जारी गरिएसँगै सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।