जनकपुरधाम, साउन १४ । सुनसरीको देवानगन्जमा भएको घटनाको विरोधमा बुधबार पनि जनकपुरधाममा प्रदर्शन भएको छ।
हिन्दू सम्राट सेनाको नेतृत्वमा करिब ५० जनाको समूहले जनकपुरधामस्थित रामानन्द चोकमा प्रदर्शन गरेको हो। प्रदर्शनकारीले जनकपुरधाम–ढल्केवर सडकखण्ड अवरुद्ध गर्दै विरोध जनाएका छन्।
गत आइतबार राति सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि त्यसको विरोधमा जनकपुरधामसहित मधेसका विभिन्न जिल्लामा प्रदर्शन भइरहेको छ।
प्रदर्शनका कारण रामानन्द चोक क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ।













प्रतिक्रिया दिनुहोस्