काठमाडौं, साउन १४ । सिरहाको गोलबजारमा भएको झडप नियन्त्रणका क्रममा प्रहरीमाथि ढुंगा प्रहार हुँदा एक डीएसपी घाइते भएका छन् ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज अधिकारीका अनुसार झडपका क्रममा प्रहरीतर्फ समेत ढुंगा प्रहार भएको थियो । ढुंगा लागेर पाल थरका डीएसपीको ओठमा चोट लागेको छ । उहाँको ओठमा टाँका लगाइएको र उपचार भइरहेको अधिकारीले बताउनुभयो ।
झडपका क्रममा दुई जनालाई गोली लागेको पनि पुष्टि भएको छ । तर गोली कसले चलाएको हो भन्ने विषयमा भने अहिलेसम्म यकिन नभएको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।
कर्फ्यू आदेश जारी रहेको अवस्थामा गोलबजार क्षेत्रमा दुई पक्षबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रहरीले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।













प्रतिक्रिया दिनुहोस्