जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार २०:०८

सिरहामा तनाव चर्कियो, वडाध्यक्षको घरदेखि सपिङ मलसम्म आगजनी


सिरहा, १४ साउन । सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव थप चर्किएको छ । बिहीबारको घटनामा एक किशोरको मृत्यु भएपछि गोलबजार र लहानका विभिन्न क्षेत्रमा कर्फ्यू जारी गरिए पनि स्थिति पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन ।

गोलबजारमा बिहीबार साँझ प्रदर्शनकारीको भीड नियन्त्रणमा लिन प्रहरीले करिब २० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि भीड तितरबितर भए पनि विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएका छन् ।

गोलबजारस्थित सपिङ मल, साइकल ग्यारेज र पार्टी प्यालेसमा आगजनी गरिएको छ । यस्तै, गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेव अनवरको घरमा समेत आगजनी गरिएको छ ।

घटनापछि गोलबजार क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । स्थानीय प्रशासनले सम्भावित थप हिंसा र आगजनी रोक्न सुरक्षा निकाय परिचालन गरेको जनाएको छ ।