रामेछाप, साउन १९ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोशी नदीमा कारसहित बेपत्ता भएका तीन यात्रुको खोजी कार्य दोस्रो दिन पनि जारी रहेको छ।
सोमबार बिहान करिब ११ः४५ बजे भएको दुर्घटनापछि बेपत्ता भएका यात्रु तथा कारको खोजीका लागि मंगलबार बिहानदेखि सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई थप तीव्र बनाएको हो।
सशस्त्र प्रहरी बलका २० जना गोताखोर र नेपाल प्रहरीका २० जना सुरक्षाकर्मी दुई वटा डुङ्गाको प्रयोग गर्दै सुनकोशी नदीमा बेपत्ता यात्रु तथा कारको खोजीमा परिचालित छन्।
प्रहरीका अनुसार नदीको बहाव, गहिराइ तथा भौगोलिक कठिनाइका बाबजुद खोजी कार्य निरन्तर सञ्चालन भइरहेको छ। बेपत्ता भएका तीनै जनाको अवस्था अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।
सुरक्षा निकायले उपलब्ध सबै स्रोत–साधन परिचालन गरी खोजी कार्यलाई प्रभावकारी बनाइएको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्