काठमाडौं, साउन १९ । प्रभु बैंक लिमिटेडले केही समययता बैंक बिरुद्ध योजनावद्ध रुपमा अफवाह फैलाउने काम भएको भन्दै कडा आपत्ति जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुमन शर्माले बिज्ञप्ति नै जारी गरेर पछिल्लो समय केही सञ्चार माध्यममा बैंक तथा सञ्चालक, पदाधिकारी र व्यवस्थापनविरुद्ध योजनावद्ध आक्रमण गरी भ्रामक समाचार प्रकाशन र प्रशारण भएको भन्दै आपत्ति जनाउनु भएको हो ।
सिईओ शर्माले बैंकबिरुद्ध प्रकाशित त्यस्ता आधारहीन समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण जनाउँदै भ्रममा नपर्न सवैलाई अपिल पनि गर्नुभएको छ । शर्माले प्रेस विज्ञप्तिमार्फत ती समाचारहरूलाई ‘भ्रामक, एकपक्षीय र आधारहीन’ रहेको भन्दै खण्डन गर्नुभएको छ ।
प्रेस विज्ञप्तिमा ती समाचारहरूलाई ‘भ्रामक, एकपक्षीय र आधारहीन’ भन्दै आपत्तिसहित खण्डन गरेको हो । प्रेस विज्ञप्तिमा बैंकको संस्थागत प्रतिष्ठा र पदाधिकारीको मान(मर्यादामा आँच पुर्याउने उद्देश्यले सत्यतथ्य पुष्टि नगरी एकपक्षीय र अतिरञ्जित सामग्री प्रकाशन गरिएको उल्लेख छ ।
‘यस्ता भ्रामक समाचारहरू प्रकाशन गरी बै.कको संस्थागत प्रतिष्ठा, सञ्चालक तथा पदाधिकारीहरूको ब्यक्तिगत मान–मर्यादा, बैंकप्रतिको बिश्वास तथा नियामकीय निकायहरूप्रति अनावश्यक भ्रम सिर्जना गर्ने दुश्प्रयाशप्रति बैंक गम्भीर असहमति ब्यक्त गर्दै प्रकाशित तथा प्रशारित त्यस्ता दुरासययुक्त समाचारहरुको पूर्ण रुपमा खण्डन गर्दछ,’ सिईओ शर्माले जारी गर्नुभएको प्रेस बिज्ञप्तिमा भनिएको छ । बिज्ञप्तिीमा कुनै प्रमाण र आधारबिनै बैंकबिरुद्ध अफवाह फैलाइएको भन्दै कडा आपत्ति पनि जनाइएको छ ।
बैंकले कर्मचारी सरुवा, आन्तरिक व्यवस्थापन, कर्जा असुली प्रक्रिया र धितो लिलामी जस्ता कार्यहरू नियमित तथा कानुनसम्मत बैंकिङ अभ्यास भएको पनि सिईओ शर्माले प्रष्ट पार्नुभएको छ । यस्ता नियमित प्रशासनिक प्रक्रियालाई बिना प्रमाण र आधिकारिक पुष्टि सञ्चारमाध्यममा ल्याउनु तथ्यपरक पत्रकारिताको मर्मविपरीत हुने बैंकको भनाई छ ।
विगतका केही कर्जा फाइलसम्बन्धी विषयमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भई सम्बन्धित मुद्दाहरू अदालतमा विचाराधीन रहेको सन्दर्भमा बैंकले नियमनकारी प्रावधान र प्रचलित कानुनको पूर्ण पालना गर्दै आवश्यक जोखिम व्यवस्थापन र सुधारात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ । बैंकले भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन थप सुदृढ प्रणालीको विकास गर्न बैंक निरन्तर प्रतिबद्ध रहेको विज्ञप्तिमार्फत प्रष्ट पारेको छ ।
बैंकको सञ्चालक समिति तथा व्यवस्थापनबाट हुने सम्पूर्ण निर्णयहरू नेपाल राष्ट्र बैंकको निर्देशन र नियामकीय मापदण्डबमोजिम नै हुँदै आएको जनाउँदै बैंकले आफ्ना निक्षेपकर्ता, कर्जाग्राही, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाहरूलाई बैंकबाट आधिकारिक रूपमा जारी गरिएका सूचना र विश्वसनीय स्रोतमा मात्र विश्वास गर्न पनि अनुरोध गरेको छ ।














प्रतिक्रिया दिनुहोस्