काठमाडौं, साउन १९ । नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ।
सोमबार राति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा भएको छलफलका क्रममा उहाँ अस्वस्थ भई बेहोस भएपछि प्रारम्भिक उपचारका लागि भक्तपुरस्थित ठिमी अस्पताल लगिएको थियो। त्यहाँ उपचारपछि आरामका लागि फर्काइए पनि स्वास्थ्य अवस्था थप निगरानी आवश्यक देखिएपछि मंगलबार उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको हो।
उहाँमा उच्च रक्तचाप र सुगरकाे मात्रा बढेका कारण वीर अस्पतालमा उपचारका लागि लगिएको हो। उहाँ हाल चिकित्सकहरूको निगरानीमा अस्पतालमै उपचाररत हुनुहुन्छ।













प्रतिक्रिया दिनुहोस्