काठमाडौं, साउन १९ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं–३ का सांसद राजु पाण्डेलाई बोलाएर प्रधानमन्त्रीको नाम लिएर विवाद सिर्जना नगर्न सचेत गराएको दाबी गरिएको छ।
स्रोतका अनुसार नेपाली सेनाका एक कप्तानसँग भएको भनिएको विवादको सन्दर्भमा पाण्डेलाई मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको थियो। सचिवालयका सदस्यहरूले प्रधानमन्त्रीको नाम प्रयोग गरेर कुनै पनि विवादास्पद गतिविधिमा संलग्न नहुन निर्देशन दिएको स्रोतको भनाइ छ।
गोकर्ण वन क्षेत्रमा पर्खाल भत्काउन डोजर प्रयोग गर्ने क्रममा नेपाली सेनाका कप्तान अनुपमान श्रेष्ठसँग सांसद पाण्डेको भनाभन भएको घटनाप्रति प्रधानमन्त्री सन्तुष्ट नरहेको पनि स्रोतले जनाएको छ।
स्रोतका अनुसार सोही घटनापछि प्रधानमन्त्रीको सचिवालयकै सुझावमा सांसद पाण्डेले स्पष्टीकरण वक्तव्य जारी गर्नुभएको हो।
आफ्नो स्पष्टीकरणमा सांसद पाण्डेले भने नेपाली सेनासँगको समन्वयमै पर्खालमा डोजर चलाइएको दाबी गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्