जनता टाइम्स

१९ श्रावण २०८३, मंगलवार २१:२७

आयुर्वेद चिकित्सालय रामेछापमा नसर्ने रोगका बिरामीले पाउँदै प्रभावकारी उपचार सेवा


रामेछाप, साउन १९ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले नसर्ने रोगबाट पीडित बिरामीलाई आयुर्वेदिक तथा वैकल्पिक उपचार पद्धतिमार्फत प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

चिकित्सालयले नसासम्बन्धी समस्या, हाडजोर्नीका रोग, पक्षघात (प्यारालाइसिस) लगायत विभिन्न नसर्ने रोगका बिरामीलाई पूर्वकर्म, पञ्चकर्म, फिजियोथेरापी, अकुपञ्चर तथा अन्य आयुर्वेदिक उपचार विधिबाट उपचार गर्दै आएको जनाएको छ।

चिकित्सालयका अनुसार उपचारका क्रममा बिरामीको स्वास्थ्य अवस्थाअनुसार आवश्यक सेवा प्रदान गरिने भएकाले धेरै बिरामीले उल्लेखनीय स्वास्थ्य सुधार अनुभव गरेका छन्। उपचारपछि हिँडडुल गर्न कठिनाइ भएका कतिपय बिरामीसमेत सामान्य रूपमा हिँड्न सक्ने अवस्थामा घर फर्किने गरेका छन्।

चिकित्सालयले आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको समन्वय गर्दै नसर्ने रोगका बिरामीलाई गुणस्तरीय, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यका साथ उपचार सेवा सञ्चालन गरिरहेको जनाएको छ।