काठमाडौं, साउन १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीसहित मधेसका विभिन्न जिल्लामा भएको धार्मिक तथा साम्प्रदायिक तनावका क्रममा नागरिकको ज्यान जाने गरी प्रहरीले गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्नेबारे सरकारसँग चित्तबुझ्दो जवाफ माग गर्नुभएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभयो।
उहाँले घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै क्षतिको यकिन गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो।
नेता आङ्देम्बेले घटनाको सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न पनि सरकारसँग माग गर्नुभयो।
उहाँले विपद् पूर्वतयारी तथा प्रतिकार्यमा सरकार सुस्त देखिएको टिप्पणी गर्दै सुनसरी, सिरहा, पर्सालगायत जिल्लामा देखिएको तनावप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो।













प्रतिक्रिया दिनुहोस्