काठमाडौं, मंसिर ५ । काठमाडौंको चन्द्रागिरिमा बुलेट मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकैको मोडमा शुक्रबार साँझ मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेको हो ।
दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुरको बेलौरी घर भएका अन्दाजी २५ वर्षीय रमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते चौधरीलाई प्रहरीले उद्धार गरी उपचारका लागि सतुङ्गलस्थित एपीएफ अस्पताल पुर्याएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–६ घर भई हाल कीर्तिपुर बस्दै आएका अन्दाजी ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका छन् । उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल मकवानपुरतर्फबाट सतुङ्गल आउँदै गर्दा दुर्घटनामा परेको थियो ।













प्रतिक्रिया दिनुहोस्