जनता टाइम्स

११ मंसिर २०८३, शुक्रबार ०८:०६

साउदी अरबमा हुथी विद्रोहीको आक्रमणमा एक नेपालीको मृत्यु, तीन जना घाइते


काठमाडौँ, मङ्सिर ११ । हुथी विद्रोहीले साउदी अरबमा गरेको पछिल्लो आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

परराष्ट्र मन्त्रालयले बिहीबार साँझ सामाजिक सञ्जाल एक्समार्फत घटनाबारे जानकारी गराएको हो।

मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भएका छन् भने अन्य दुई जनाको उपचार भइरहेको छ।

मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

घटनामा मृत्यु भएका तथा घाइते नेपाली नागरिकको पहिचान भने मन्त्रालयले सार्वजनिक गरेको छैन।