भक्तपुर, पुस २१ । लामो समयसम्म विकासमा पछि परेको भक्तपुरले पछिल्लो समय निकै फडको मारेको छ । पूर्व उद्योगमन्त्री तथा नेकपाका युवा नेता महेश बस्नेत भक्तपुर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि भक्तपुरमा बिकाशको लहर आएको हो । बस्नेतकै सक्रियतामा अहिले यस जिल्लामा व्यापक मात्रामा विकास र समृद्धिको ढोका खुलेका छन् । विगतका जनप्रतिनिधिले भक्तपुरको विकास र समृद्धिको पक्षमा पहल कदमी नलिनु नै जनताको विकास प्रतिको चाहना पुरा गर्न नसक्नु हो । तर वर्तमान निर्वाचित जनप्रतिनिधिका कारण अहिले दैनिक रुपमा एक वटा उद्घाटन वा शिलान्यास हुने गरेका छन् ।
सांसद बस्नेतको नेतृत्वमा यो आर्थिक वर्षमा जनचाहना र आवश्यकता अनुसार केन्द्र सरकारको तर्फबाट नै सयौं योजनाहरु परेका छन् । जसमा यो आर्थिक वर्षमा ६८ वटा भन्दा बढी सडकका आयोजनाहरु केन्द्रीय सरकार अन्तर्गत निर्माण प्रारम्भ हुदै छन भने धेरै शुरू भईसकेका छन। राजनीतिमा प्रतिस्पर्धा र विकासमा ऐक्यवद्धता भन्ने मुल सिद्धान्तलाई मूख्य रुपमा आत्मसात् गर्दै सांसद बस्नेतले भन्नुहुन्छ, ‘समग्र भक्तपुरको विकास र समृद्धिको विगत, वर्तमान र भविष्यको वारेमा विश्लेषण गर्दै योजनावद्ध रुपमा आगामी दिनमा आधुनिक र समृद्ध भक्तपुरका योजनाहरु जनतामाझ लैजानु अहिलेको अपरिहार्यता हो । विगतका जनप्रतिनिधिका कारण भक्तपुर विकासले तिर्खाउनुभएको थियो तर अब त्यो दिन क्रमिक रुपमा आगामी दिनमा भक्तपुरका जनताले विकासको तिर्खा मेट्ने गरी काम अघि बढेका छन।’
यसै क्रममा आइतवार पनि संघिय सरकारको तर्फबाट रु एक करोडको बजेटमा सूर्यविनायक पुरानो बसपार्क ट्रलि बसपार्क सुन्दर बस्ति पाण्डु बजार सडक शिलान्यास भएको छ । सांसद बस्नेतकै नेतृत्वमा भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु समेत अघि बढिरहेका छन् । अन्तराष्ट्रिय रंगशाला, प्राणी उद्यान केन्द्र, आधुनिक सुविधा सम्पन्न सभागहृ, आधुनिक वीर अस्पताल, सुरुङ मार्ग, सूर्यविनायकदेखी धुलिखेलसम्मको अरनिको राजमार्गलाई ६ लेनको बनाउने कार्य, हनुमन्ते तथा मनोहरा करिडोरलगायतका धेरै योजनाहरु निर्माणको प्रकृयामा रहेका छन् ।
आर्थिक वर्ष २०७६/०७७ सालमा सांसद बस्नेतको नेतृत्वमा केन्द्र सरकारबाट भक्तपुर क्षेत्र न २ अंतरगतका योजनाहरु निम्नानुसार रहेका छन्,
१. ठिमी गाम्चा तर्खगाल सडक – ६ करोड
२. नाला सडक सल्लाघारी भंगाल सडक – ६ करोड
३. सूर्यविनायक पुरानो बसपार्क ट्रलि बसपार्क सुन्दर बस्ति पाण्डु बजार सडक – १ करोड
४. कौशलटार बालकोट विरुवा सडक – ६ करोड
५. पाण्डुबजार कटुन्जे गुण्डु सडक – ५ करोड
६. गुन्डु बसपार्क पिपलडाँडा दधिकोट जाने सडक – ५ करोड
७. सूर्यविनायक पाइलटबाबा ध्याम्पे डाँडा सडक – ५ करोड
८. ठिमी चार दोबाटो बालकोट चोक सडक – ५ करोड
९. साई गणेश मन्दिर चर्खण्डी पात्लेटार बिरुवा सुनपा ४ र १ वडा – ३० लाख
१. ओम शान्ति कालिटार सुंयाल गाँउ चर्खण्डी – ३० लाख
११. भातेढिकुरो दिब्य डाँडा खड्का गाँउ बाघ सिंह मार्ग वडा कार्यालय सूनपा ९ – ३० लाख
१२. सल्लाघारी ख्यूटोल बनाचौर राउत गाउँ हाती गौडा – ३० लाख
१३. अरनिको राजमार्ग चुनदेवि तीनधारा जन स्वास्थ्य कोल डाँडा – ३० लाख
१४. भातेढिकुरोबाट नन्दिकेश्वर महादेव जाने सडक – ३० लाख
१५. सूर्यविनायक भुजुंगे सडक (गुण्डु स्वास्थ्य चौकी खण्ड) – ३० लाख
१६. थिमि ल कलेजबाट पूर्व हिन्चोक सूनपा ४ – २५ लाख
१७. थिमि गाम्चा तर्ख गाल कालिका डाँडा रानिकोट – ३० लाख
१८. संगम मार्ग – ताथली सडक – ३ करोड
१९. आदर्श बसपार्क वडा कार्यालय घाम्पेडाडा सडक – ४ करोड
२०. हिमचोक, गुन्डु , तिथली सडक – १ करोड ६० लाख
२१. ठिमी ट्रसपुल गणेश प्रा।वि बालकोट पानी ट्यांकी महेन्द्र शान्ति सडक – ५ करोड
२२. बलकोट गोदावरी महेन्द्र शान्ति चित्रपुर दधिकोट चोक सिकारीटार कृष्ण मन्दिर तर्खगाल अनन्तलिङ्गेश्वर खड्का गाउँ कालिका डाँडा धोव.खोला रानीकोट सडक – ४० करोड
२३.डोलेश्वर चक्रपथ सडक – २३ करोड
२४. पलासे – डोलेश्वर सडक – १७ करोड
२५. बोडे टिकिनी सडक – ५० लाख
२६. बाप्पामहादेव – नगरपालिका जाने सडक – ५० लाख
२७. अरनीको राज मार्गबाट हनुमन्ते खोला सडक मनोहरा – १ करोड
२८. लोकन्थली मनोहरा पुलदेखि टिकाथली सडक – २५ लाख
२९. नागबेलीदेखि खस्याङ्ग खुसुङ्गं बोडे खण्ड सडक – ३० लाख
३०. सूर्यबिनायक, गणेशस्थान कृष्णमन्दिर सडक – ३ करोड
३१. विरुवा एनसेन टावर हुँदै कलिकाटार जाने सडक – १ करोड
३२. तर्खागाल भुजुंगे सडक – ३ करोड ३० लाख
३३. सूर्यविनायक दार्जीलिंग हाईट सडक – १ करोड
३४. सिर्जनानगर कटुन्जे सडक – ३ करोड
३५. सल्लाघारी कटुन्जे सडक – ३ करोड
चाँगुनारायण नगरपालिका
१. भत्केको पाटि जितपुर चरेली कलमसी नगरकोट बैकल्पिक सडक – १ करोड
२. गेलालगाउँ ज्योर्तिलिङ्गेश्वर सडक – १ करोड
३. चाँगुनारायण द्रुतमार्ग – १ करोड
४. कमलविनायक सुडाल अधिकारी गाउँनगरकोट सडक (दोहोरिएको) – १ करोड
५. कमलविनायक ओमकारेश्वर मन्दिरदेखि पाइपलाइन सडक – १ करोड
६. भक्तपुर नगरकोट देउपुर हिगुवा पाटी काभ्रे सडक – १ करोड
७. मुलसाँघु दक्षीणकाली मन्दिर ठुल ढुङ्गा सडक ८ – ३० लाख
८. बाँसबारी हेल्थपोष्ट वडा कार्यालय ७ – ३० लाख
९. मुलपानी गाँउडोल नगरकोट सडक ४ – ५० लाख
१०. भुतेखहरे करिडोर गाउडोल ज्योतिरलिङ्गेश्वर पकौनेपाति दक्षिणकाली खरिपाटी ४ – ३० लाख
११. इन्द्रेडी पौवा सडक – २० लाख
१२. ढुङ्गाँना गाँउ पोखेली गाँउ ज्योतिरलिङ्गेश्वर ४ – ७० लाख
१३. मनदेव क्लब चापाख्वाल रिफेल डाँडा पौवा सडक ४ – १५लाख
१४. पिपलबोट ताजमोट जाने बाटोमा कल्भट रिटेनिङ्ग वाल ४ – १५लाख
१५. बाँसवारी बागेश्वरी पुरानो हेल्थपोष्ट गा।वि।स भवन जाने सडक
१६. भक्तपुर जिल्लाचानपा ३ क्षेत्रपाल सडक तथा नाला
१७. चाँनपा गेलाल गाँउ देखि ज्योतिलिङ्गेश्वर महादेवस्थानसम्मको सडक तथानाला स्तरोन्नतीकार्य
१८. चाँनपा ८ भञ्ज्याङदेखि परमहंश आश्रम जाने सडक तथा नाला स्तरोन्नती (दोहोरीएको)
१९. चाँनपा ५ श्रीवन पंचलक्ष्मी उद्यान निर्माण कार्य
२०. चाँनपा ४ बसपार्क निर्माण कार्य
२१. चाँनपा ५ छालिङ्ग प्रतिष्ठानदेखि ब्रम्हकुमारी राजयोग केन्द्र नागडोल सडक स्तर उन्नती
२२. कमलविनायक कलमसी सुडाल सडक निर्माण
२३. चाँनपा ज्योर्तिलिङ्गेंश्वर डोल्छी नारायणटार डिहि न्यौपाने गाउँ सडक स्तरोन्ती
२४. चाँनपा ५ छायाँ बस्ती सडक स्तरोउन्नती
२५. चाँनपा ७ बाँसवारी पानी टैंकीदेखि कुसलटार हुँदै मुहानपोखरी जाने सडक स्तरोन्नती
२६. सघन सहरी विकास नगरकोट नपा ८ भद्रकालीबाट पगरीटोल हुँदै सुडाल ताथली जोड्ने सडक स्तरोन्नती (दोस्रो चरण)
२७. चाँनपा सडक ढल लगायत एकीकृत शहरी पुवार्धार निर्माण कार्य
२८. चाँनपा २ मेनरोडबाट के.सी टोल राधा कृष्ण सत्सगभवन, नयाँ वडा कार्यालय जाने बाटो तथा नाला स्तरोन्नती
२९. चाँनपा ८ भञ्ज्याङदेखि परमहंश आश्रम जाने सडक तथा नाला वडा ८ चरेली हुदै खड्का डिल बालमिकेश्वर स्कुलसम्मको बाटो स्रो.न्नती
३०. चाँनपा ३ झौखेल आचार्य टोलबाट यापी भैरव हुदै भक्तपुर नगरपालिका जोड्ने सडक स्तरोउन्नती
३१. चाँनपा ३ झौखेलको वापो पुल खस्याङ्ग खुसुंङ्ग खोलदेखि उत्तर मिलि टोल हुँदै भटा चोकसम्मको सडक विस्तार तथा स्तर उन्नती
३२. सहरी सडक विस्तार कार्यक्रम अन्र्तगत चाँनपा ३ खरिवोट डाँडाघर सडक स्तरोन्नती
३३. चाँनपा १ कासुला टोल नयाँवस्ती सडक स्तरोन्नती कार्य
प्रतिक्रिया दिनुहोस्