काठमाडौं, पुस २१ । राजधानी काठमाडौंका केही मुख्य शहरमा मंगलबार सात घण्टा लगातार बत्ती जाने भएको छ । चक्रपथ विस्तार कार्यको लागि रुख कटान गर्न महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित बिद्युत मंगलवार विहान ९ बजेबाट ४ बजेसम्म सट डाउन गर्न लागिएको हो ।
नेपाल विद्युत प्राधिकरणले सो अवधीमा लाइन काटिने जनाउँदै आवश्यक ब्यवस्था मिलाउन सूचित गरेको छ । ओम फिडरबाट वितरीत लाइन सट डाउन हुँदा सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुललगायतका क्षेत्रमा विद्युत प्रवाह रोकिने प्राधिकरणको भनाई छ । रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा भने सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्