जनकपुरधाम, १५ असार । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपति भइसकेका व्याक्ति पुनः राजनीतिमा सक्रिय हुने कुरा उपयुक्त नभएको बताउनुभएको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा शनिबार गर्नुभएको थियो ।
डा. महतले कांग्रेसले राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा नल्याउने बताउनुभयो । कांग्रेस पार्टीका प्रवक्ता समेत रहेका डा. महतले राष्ट्रपति भइसकेको व्यक्ति पार्टीभन्दा माथि हुने भएकोले पुनः राजनीतिमा सक्रिय हुनेकुरा राम्रो नहुने बताउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्