जनता टाइम्स

२३ माघ २०७६, बिहीबार ०९:५५

कलंकीमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु


काठमाडौं । कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।

गएराति पौने १ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

०३००४ प ५५० नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो ।

टिपर भने ठक्कर दिएपछि फरार भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दुवै रौतहट निवासी हुन् ।

मृत्यु हुनेमा रौतहटका राकेशकुमार चौधरी र मुन्ना चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगम कुँवरले जानकारी दिनुभयो । । उनका अनुसार घाइते दुवै जनाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको हो ।