जनता टाइम्स

२१ फाल्गुन २०७६, बुधबार १६:३०

प्रधानमन्त्रीलाई पहिलो मिर्गौला दिने अञ्जानाले भन्नुभयो : भान्जी समिक्षा आँटिली हुन्


काठमाडौं, फागुन २१

प्रधानमन्त्री केपी शर्मा ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएकोमा सबैले खुशी व्यक्त गरेका छन् । बुधबार विहानदेखी प्रत्यारोपण सफल होस् भनेर सबैले कामना गरे अनुसार सफल भएको हो ।

त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण चलिरहँदा प्रधानमन्त्री ओलीलाई पहिलो मिर्गौला दिने उहाकी बुहारी अञ्जान घिमिरे पनि त्यही हुनुहुन्थ्यो । उहाले दोस्रोपटक प्रमको मिर्गौला प्रत्यारोपण सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।

अस्पताल परिसरमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उहाले भन्नुभयो, ‘मेरी भान्जी (समीक्षा) आँटिली नै हुन्, उनले मिर्गौला दिएर राम्रो काम गरेकी छन् ।’ मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई अहिले पोस्ट अपरेटिभ वार्डमा सारिएको छ । समीक्षालाई पनि पोस्ट अपरेटिभ वार्डमै सारिएको छ ।