जनता टाइम्स

२४ फाल्गुन २०७६, शनिबार १७:३३

नेकपाका नेता रावलपीडित युवतीको बयान : मामा बनेर कोठामा आए, सिधै खाटमा बसेर हात समाए


कैलाली, फागुन २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेशसभा सचेतक अक्कल रावलले भाञ्जीको नाता लगाएर महिलालाई बलात्कार प्रयाश गरेको पाइएको छ । धनगढीको उत्तरबेहडीमा डेरा गरी बस्दै आएकी एक महिलाले बलात्कार प्रयास गरेको उजुरी दिएपछि रावलको पोल खुलेको हो ।

युवतीको उजुरीपछि रावल हाल अदालतको अनुमतिमा प्रहरी हिरासतमा छन । रावललाई बुधबार कैलाली प्रहरीले पक्राउ गरेको थियो । रावलले मामाको नाता लगाएर कोठामा जाने गरेको पीडित महिलाले सञ्चार माध्यमसँग बताएकी छन । पीडित महिलाका अनुसार रावलले नै पहिला फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाएका थिए । चिनजान नभएकाले तीन पटकसम्म एक्सेप्ट गरिनन । रावलले पटक पटक पठाएपछि मात्रै एक्सेप्ट गरेको उनको भनाई छ । उनको रावलसँग फेसबुकमै चिनजान भएको हो ।

ती युवतीका अनुसार रावलले चिनजान भएको केही समयमै कता कताको नाता लगाएर भान्जी भन्न थाले । मामा भान्जी भनेर फेसबुकमै कुराकानी हुन थाल्यो । यही क्रममा फेसबुकमै उनले रावललाई आफु बस्ने कोठाको लोकेशन भनिन । सो जानकारी पाउन साथ रावल माघ २१ गते दिउँसो १२ बजेतिर कोठामा आइपुगे । ‘अब मामा भनेपछि के को डर ? आफु बस्ने ठाउँको लोकेशन भनेको थिएँ, दिउँसो १२ बजेको समयमा रावल मेरो कोठामा आए, श्रीमान काठमाडौं जानुभएको थियो । म ५ महिनाकी गर्भवती पनि हुँ । दिउँसो, कोठामै पल्टिरहेको थिएँ, कोठामा आएर मेरो पलङमै बस्नुभयो । मेरो कोठामा अर्को पलङ पनि थियो तर सिधै मेरो पलङमा आएर हात समाउनु भयो । मैले बाहिर जान खोजें तर जान दिएनन, उनले समातेपछि मेरो लुगा पनि च्यातिएको छ,’ पीडित युवतीको भनाई छ ।

रावलको सो प्रयाशबारे काठमाडौंमा रहेका श्रीमानलाई त्यही दिन उनले जानकारी दिइन । श्रीमानले आफु आएपछि मात्रै प्रकृया अघि बढाउने भनेपछि उनले फागुन १४ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएकी हुन । उनको निवेदनपछि रावललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।