जनता टाइम्स

२५ फाल्गुन २०७६, आईतवार ०६:५७

पश्चिमी बायुको प्रभाव कायमै, यस्तो छ आजको मौसम


काठमाडौं, फागुन २५ । मौसम पूर्वानुमान महाशाखाले मुलुकभर पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव कायम रहेको भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ । देशको पूर्वी र पश्चिमी भेगमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहने महाशाखाको भनाई छ ।

महाशाखाका अनुसार आज दिउँसो देशको पूर्वी भू–भाग लगयत पश्चिमी पहाडी भू–भागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पुर्वी र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

आज राती देशको पुर्वी पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।