काठमाडौं, चैत २ । कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणको तयारीका लागि सरकारले सातै प्रदेशका मुख्यमन्त्रीसहित विज्ञसँग छलफल गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सातैवटा प्रदेशका मुख्यमन्त्रीसहित बिज्ञहरुसँग सुझाव लिएको हो ।
छलफलमा सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुखहरु सहभागी छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वका अधिकांश मुलुकमा फैलिएपछि सरकारले रोकथामको उपायबारे परामर्श तीब्र बनाएको हो । आज मध्याह्नसम्म विश्वमा कोरोना कीटाणु संक्रमणबाट ५ हजार ८३९ को मृत्यु भइसकेको छ भने १ लाख ५६ हजार ९ सय ३२ संक्रमित भएको वल्डोमिटरर्स इन्फोमा उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथामका लागि आवश्यक सवै कदम चाल्न निर्देशन दिएपछि उपप्रम पोखरेलले आजको बैठक बोलाउनु भएको हो । बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारी तथा बिज्ञहरुसमेत सहभागी छन ।
प्रतिक्रिया दिनुहोस्