जनता टाइम्स

६ चैत्र २०७६, बिहीबार ०८:०६

कोभिड–१९ : शङ्कास्पद ३४ जनाको रिपोर्ट नेगेटिभ


काठमाडौं, चैत ६ । विभिन्न अस्पतालको आइसोलेशन वार्डमा भर्ना भइ उपचार गराइरहेका कोरोना भाइरस (कोभिड–१९) शङ्कास्पद ३४ जनाको परीक्षण रिपोर्ट (नेगेटिभ) आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मङ्गलबार राति १६ जना र बुधबार अपराह्न १८ जना गरी कुल ३४ जनाको कोरोना परीक्षण रिपोर्ट सार्वजनिक गरेको थियो ।

परीक्षण रिपोर्टमा सबैको नतिजा (नेगेटिभ)  (सङ्क्रमण नभएको) आएको हो ।