कपिलबस्तु, चैत ६ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप साह सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ ।
स्थानीय तहको निर्वाचनमा स्वातन्त्रबाट नगरप्रमुख निर्वाचित हुनुभएका साहलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेता मात्रृकाप्रसाद यादवले काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा प्रवेश गराई स्वागत गर्नुभएको हो । साहसँगै कृष्णनगरका युवा व्यवसायी इस्लाम खान पनि नेकपामा प्रवेश गर्नुभएको छ ।
प्रमुख साहले नेकपाको नीति राम्रो भएकाले आफू सो पार्टीमा प्रवेश गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्