जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार १२:४२

नेपालमै भेटिए कोरोना भाइरसका अर्का संक्रमित


काठमाडौं, चैत १२ । नेपालमा अर्का एक जनामा पनि कोरोना भाइरस (कोभिड-१९) को संक्रमित भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले थप एक जनामा कोरोना भाइरसको संक्रमण भएकोपुष्टि गरेको हो । सो इकाइको वेवसाइटमा अर्को कोरोना संक्रमित भेटिएको उल्लेख छ । यसअघि फ्रान्सबाट नेपाल आएकी एक १९ वर्षीया युवतीमा कोरोनाको संक्रमण देखिएको थियो ।

अहिले संक्रमण देखिएका व्यक्ति नेपालका लागि तेस्रो हुन । वेवसाइटले कहाँको कसलाइ संक्रमण भएको भन्ने केही खुलाइएको छैन । यद्यपी संक्रमितको संख्या तीन बनाइएको छ । योसँगै आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या दुइ भएको छ भने एक जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कि सकेका छन । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको लागि ६८७ जनाको नमुना परीक्षण गरे पनि अहिले सम्म ६८४ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।