काठमाडौं, २० असार। वर्षासँगै काठमाडौँस्थित विष्णुमती नदी उर्लिएको छ। बाढी पूर्वानुमान महाशाखाले शुक्रबार साँझ चेतावनी जारी गरी विष्णुमती नदीको बाढीले गोङ्गबु जलमापन केन्द्रमा सतर्कता तह पार गर्न लागेकाले सावधानी अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाको सूचनामा भनिएको छ–काठमाडौँ जिल्लास्थित विष्णुमती नदी गोङ्गबु जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार भई यात्रा गर्नेहरूले सतर्कता अपनाइराखौँ।
प्रतिक्रिया दिनुहोस्