जनता टाइम्स

२० चैत्र २०७६, बिहीबार ०७:०२

कोरोनाबाट अमेरिकामा एकै दिन १ हजार ४६ जनाको मृत्यु, थप २६ हजार बढी नयाँ संक्रमिति


काठमाडौं, चैत २० । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अमेरिकामा अन्य देशमा भन्दा तीव्र देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार बढीले ज्यान गुमाएका छन् भने २६ हजार ४ सय बढी नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४६ जनाले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ५ हजार १ सय २ पुगेको छ । त्यस्तै एकै दिन २६ हजार ४ सय ७३ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँग अमेरिकामा २ लाख १५ हजार ३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८ हजार ८ सय ७८ जना उपचारपछि निको भएका छन् ।

५ हजार ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भन २ लाख ६ सय ६२ जना उपचाररत छन् ।