जनता टाइम्स

४ बैशाख २०७७, बिहीबार १२:२७

कोरोना महामारीमा पनि सरकारबिरोधी मिशनभित्र रहश्य


सम्पत्ति पाउने लोभमा बटुवा सन्तको आश्रममा पुगे । त्यतिखेर सन्त ध्यानमा लीन थिए । बटुवाले भन्नु नभन्नु भनेर सन्तको अपमान गरे । तर, सन्तले वास्तै गरेनन् । उनी ध्यानमै मग्न भए । बटुवा झन्झन् चर्कीचर्की सन्तलाई गाली गर्न थाले । एकछिनपछि सन्तले आँखा खोले र मुसुक्क मुस्कुराउँदै भने– बन्धु, तपाईं भोकाउनुभएको होला, आश्रमको भान्छामा गएर पेटभरि खाना खाएर मात्र जानुस है । त्यसपछि वटुवाले पेटभरी खान पाएपछि सन्त सङ्ग माफी माग्दै प्रायश्चित गरेर हिड्यो । हो यसैगरी सन्तरुपी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो सरकारलाई पनि अहिले यसरी नै अपमान गर्न खोजिएको छ

अहिले मुलुक बन्दाबन्दी अर्थात लकडाउनमा छ। कोरोना भाइरासको संक्रमणबाट जोगाउन, फैलन नदिन र नियन्त्रण गर्न सरकार योजना, तयारी र रणनीतिका साथ अघि बढेको छ। यसै सन्दर्भमा सरकारले कोरोना भाइरस अर्थात कोभिड–१९ को विश्वव्यापी महामारीसँग जुध्न गरेको देश लकडाउन अहिले चौंथो सातामा पुगेको छ। त्यति नै समयदेखि अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गरिएका छन। र, लकडाउनले १५ वैशाखसम्मलाई निरन्तरता पाएको छ। बाह्य आवागमन निषेध र देशभित्रको आवागमनमा कडाइ गरिए पनि परीक्षणको दायरा बढाइएसँगै संक्रमितहरूको संख्या पनि बढ्दै गएको देखिँदैछ। आम नागरिक त्रसित छन, आक्रान्त पनि । पूर्वदेखि पश्चिमसम्म, पहाडदेखि तराईसम्म र दूरदराजदेखि काठमाडौं उपत्यकासम्म संक्रमणको उच्च जोखिममा छ।

यसबेला कोराना भाइरसको कारण सिङ्गै विश्वनै आक्रान्त छ । हाम्रो छिमेकी देश भारतमा पनि यसको फैलावट तीब्र देखिएको छ । यसबाट नेपालमा झन जोखिम बढने देखिएको छ । खुला सिमाको कारण नेपाल उच्च जोखिममा रहेको बताईरहनु पर्ने बिषय होइन । छिमेकी देश भारतमा कोरोना तीब्र रूपमा फैलदा नेपालीको अनुहार मलिन र चिन्तित हुन पुगेको छ। नेपालमा पनि सक्रमितहरु एकपछि अर्काे गर्दै देखा पर्नु र अर्कातिर भारतमा फैलावट तीब्र हुँदा परिस्थिति गम्भीर हुँदैछ भन्ने देखाएको छ । तर यो बेला जात जाति, धर्म, लिङ्ग, वर्ण र राजनीति भन्दा माथि उठेर सामाजिक र राजनीतिक रुपमा एकताबद्ध भै कोरोना भाइरस विरुद्धको लडाइँमा सफलता पाउने दिशामा अघि बढ्ने बेला केही तत्व धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने खेलमा लाग्नु दुःखद पक्ष हो ।

सरकार कोरोनाबिरुद्धको लडाई जित्नका लागि सिंगो देशलाई एकजुट बनाएर आफ्नो देशमा सिमित श्रोत र साधनका बाबजुद सिमा, शक्ति र सामर्थ्यका साथ जुटिरहेको छ। तर केही समूह सरकारविरुद्ध हात धोएर लागेको लाग्यै छन् । जो यही मौकामा राजनीतिको रोटी सेकाउन उद्धत छन् । उनीहरुलाई यो सरकार बनेको नै मन परेको छैन । यो सरकारले बिकाश गरेकोमा चित्त दुखाई छ। नेपालमा स्थिरता हुँदै गरेको सह्य छैन । सरकारले राम्रो काम गरे पनि पाखुरा सुर्कनु उनीहरुको दैनिकी बनेको छ । जुन योजनाबद्ध, नियोजित र गोयबल्सशैली भनेर भन्न कठिन छैन । उनीहरु यो सरकारलाई अहिले नै गर्ल्यामगुर्लुम्म पारेको हेर्न चाहन्छ्न र मुख मिट्ठ्यार बसेका छन । सरकारले समयमा लकडाउन गर्ने दुरदर्सी निर्णय गरेको छ । जस्का कारण अहिलेसम्म कुनै मानवीय क्षती हुन पाएको छैन ।

खुला सिमानामा पनि कठोर निति लिएर पनि संक्रमण फैलन नदिन हरसम्भब प्रयाश अख्तियार गरेकै छ। स्थानीय र प्रदेशमा स्वास्थ सामाग्रीको ब्यबस्थापन गरेको छ। क्वारेन्टाइन र आइसोलेसन कक्षको तयारी गरेको छ । स्थानीय र प्रदेश सरकार खटिएका छन। सत्प्रयाशहरु भएकै छन । तर यी कुराहरुलाई ओझेलमा पार्दै दिउसै रात पार्ने गरी डढेलो लगएजस्तै गरी सरकारविरुद्ध चौतर्फी हमला भैरहेको छ । यस्को विरुद्ध जनस्तरमा सही सूचना पुर्याउन र भ्रम चिर्दै जनचेतना फैलाउन सरकार र सत्तारुढ दल चुकेको देखिन्छ । सत्तारुढ दलका कतिपय नेताको अभिव्यक्ति सुन्दा सरकारविरुद्ध प्रतिपक्षी भन्दा एककदम अघि बढेर लागेको देखिनु बडो बिडम्बनापुर्ण कुरा हो । यसले हामिलाई कहाँ पुर्याउछ ? हेक्का राख्ने बिषय भनेको संगै डुङ्गामा यात्रा गरिरहदा डुङ्गामा प्वाल पार्दा डुबिने सबै यात्रु हो । त्यसबेला म बलियो वा धेरै जान्ने वा धेरै पढेको वा म क्रान्तिकारी हुँ भनेर डुब्नबाट बचिदैन । घरमा आगो लगाएर खरानी खोज्ने जुन प्रवृत्ति सत्तारुढ दल नेकपामा देखिएको छ । यस्का थुप्रै नेता नेतृहरुमा झाँगिएको छ । यो सबैभन्दा घातक छ । यहाँनेर एउटा कथा जोड्नु सान्दर्भिक होला जस्तो लाग्यो ।

परापूर्व कालमा गोदावरी कुण्डनजिकै एक सन्तको कुटी थियो । उनी काम, क्रोध, लोभ र मोहबाट मुक्त थिए । उनको महानताको चर्चा टाढाटाढासम्म हुने गथ्र्यो । उनलाई सहयोग गर्न चाहने दाताको कमी थिएन । तर, सन्त उनीहरूको कुनै भेट स्विकार्दैनथे । सन्तको दर्शनका लागि टाढाटाढाबाट भक्तजन आउँथे । उनका अमृतवचन सुनेर फर्किन्थे । कैयौँ त आजीवन उनकै आश्रममा बस्ने गर्थे । त्यही गाउँका कतिपय मानिसलाई भने उनका कुरा मन पर्दैनथे । ढोँगी, अ‍ैनितक काम गर्नेहरुका लागि ती सन्त दुश्मन थिए । त्यसैले उनीहरू जहिल्यै सन्तको अपमान गर्ने उपाय खोजिरहन्थे । सन्तको आश्रमदेखि अलि परको एउटा चौतारामा बसेर सन्तको अपमान गर्ने र टाढाटाढाबाट आउने भक्तजनलाई भड्काउने उपाय खोजिरहन्थे ।

एक दिन सन्तका विरोधी चौतारामा जम्मा भएर उनको अपमान गर्ने उपायबारे सल्लाह गरिरहेका थिए । त्यसै समयमा सोही बाटो हुँदै एक गरिब बटुवा कतै जाँदै थिए । सन्तका विरोधीले उनलाई सोधे– तिमी कता जाँदै छौ ? बटुवाले जवाफ दिए– गरिबीले सताएकाले केही काम पाइन्छ कि भनेर छिमेकी देशतिर जाँदै छु । गरिबको कुरा सुनेर सन्तका विरोधीमध्ये एकले भने– ठिकै छ, हामी तिमीलाई एउटा काम दिन्छौँ । त्यो काम गर्न सक्यौ भने हामी तिमीलाई धन दिनेछौँ । उनले बटुवाको कानमा मुख लगाएर खासखुस गरे र भने– तिमीले यत्ति गर्न सक्यौ भने पुग्छ ।

सम्पत्ति पाउने लोभमा बटुवा सन्तको आश्रममा पुगे । त्यतिखेर सन्त ध्यानमा लीन थिए । बटुवाले भन्नु नभन्नु भनेर सन्तको अपमान गरे । तर, सन्तले वास्तै गरेनन् । उनी ध्यानमै मग्न भए । बटुवा झन्झन् चर्कीचर्की सन्तलाई गाली गर्न थाले । एकछिनपछि सन्तले आँखा खोले र मुसुक्क मुस्कुराउँदै भने– बन्धु, तपाईं भोकाउनुभएको होला, आश्रमको भान्छामा गएर पेटभरि खाना खाएर मात्र जानुस है । त्यसपछि वटुवाले पेटभरी खान पाएपछि सन्त सङ्ग माफी माग्दै प्रायश्चित गरेर हिड्यो । हो यसैगरी सन्तरुपी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो सरकारलाई पनि अहिले यसरी नै अपमान गर्न खोजिएको छ । तर ती सवै बिरोधीहरुले भोलि प्रायश्चित गर्दै सरकारले गर्ने कामले भविष्यमा वर्तमानसङ्ग सापटी माग्नुपर्ने गरी काम गरोस। यी तमाम चुनौतीका पहाड छिचोलेर काँडाहरुसङ्ग जुधेर कोरोना बिरुद्धको लडाईमा बिजय प्राप्त गर्नु सरकारको यतिबेला मुख्य कार्यभार हो ।

यो अप्ठ्यारो र संबेदनशील घडीमा सरकारका हरकदमलाई साथ दिनु हरेक असल नागरिकको कर्तव्य हुन आउँछ । तसर्थ अहिले सरकारबाट भएका कमीकमजोरीको लेखाजोखा गर्ने दिन आउछन । त्यसबेला हिसबकिताब गरौंला । अहिले मुलुकमा राष्ट्रिय सामाजिक र राजनितिक एकता चाहिएका बेला त्यसलाई खल्बल्याउन, समाजमा नकारात्मकता फैलाउन र त्यसैमा राजनितिक रोटी सेक्न चाहने तत्व सलबलाइरहेका छन । नेकपाको नेता बन्ने, जनताबाट अनुमोदिन नभए पनि गुटका नाममा सांसद बन्ने, अनि पार्टी नेता र सरकारकै बिरुद्ध बिषबमन गर्दै कांग्रेसलाई सघाउने यो निकृष्ट खेल अव बन्द गर्नैपर्छ । यो प्रबृत्ति कोरोना भाइरस भन्दा पनि खतरानक छन । कोरोना सङ्गै यिनीहरुलाई पनि परास्त गर्न सरकारका अहिलेका हरकदममा काँधमा काँध मिलाएर साथ दिऔं । लकडाउनको पुर्ण पालना गरौं।आफू पनि बचौ,अरुलाई पनि बचाऊँ ।