जनता टाइम्स

१७ बैशाख २०७७, बुधबार ११:५६

नेकपा सचिवालय बैठक : होला त विवादको अन्त्य कि चुलिएला ?


काठमाडौं, बैशाख १७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आज सचिवालय बैठकमा छलफल गर्दैछ । वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा साँझ ५ बजे बस्ने बैठकमा अध्यादेश प्रकरणपछि उत्पन्न परिस्थितिका बारेमा छलफल हुदैछ ।

अध्यादेश प्रकरणपछि उत्पन्न परिस्थिति साम्य बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टीभित्र छलफललाई तिब्रता दिनुभएको छ । सहमतिका लागि पटक पटक छलफल गरेपनि कुनै सहमति नबनेको नेताहरुले बताएका छन् । विशेषगरी नेकपाभित्रै प्रधानमन्त्री ओलीविरुद्ध सांसदको हस्ताक्षर अभियान चलाएपछि विवाद पुन चुलिएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मंगलबार छलफल गरेपश्चात सचिवालय बैठक बोलाइएको हो ।