जनता टाइम्स

१८ बैशाख २०७७, बिहीबार ११:५०

भारतीय क्वारेन्टाइनमा बसेका नेपालीलाई यसरी फर्काइयो स्वदेश


दार्चुला, बैशाख १७

भारतीय क्वारेन्टाइनमा बसेका नेपालीलाई आजबाट स्वदेश फर्काइन शुरु गरिएको छ । लकडाउनका कारण सीमा बन्द भएपछि गत चैत दोस्रो सातादेखि भारतको झुलाघाट, धार्चुला र पिथौरागढमा रहेका करिब दुई हजार नेपाली स्वदेश फकिन लागेका हुन् ।

झुलाघाट नाकाबाट ८३७ जना भित्रिन लागेका बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो । यस्तै धार्चुला नाकाबाट एक हजार ६१ जना भित्रिन लागेका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

अब भारतका विभिन्न क्वारेन्टाइनमा बसेका र अन्य स्वदेश फर्कन चाहनेलाई आउने दिइने छ । उनीहरूलाई सामाजिक दूरी कायम गरेर भित्र्याउने र स्वास्थ जाँच गरिदैछ । स्वदेश फर्किएकालाई १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि आरडिटी परीक्षण गरिनेछ ।

नेपालमा लकडाउन र सीमा नाका बन्द भएपछि भारतको पिथौरागढ जिल्लामा मजदुरी गरेर घर फर्किदै गरेका दार्चुला सहित १० जिल्लाका एक हजार ६१ नेपालीहरुलाई धारचुला र जौलजिबिको पाचँ वटा क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा बस्नुपर्ने समय सकिए पनि उनिहरुलाई नेपाल ल्याउने विषयमा बुधबारसम्म सहमति जुट्न सकेको थिएन । बुधबार बेलुकी नेपाल–भारत दुबै देशको सहमति पश्चात पिथौरागढ जिल्ला अधिकारीसंग समन्वय गरेर उनिहरुलाइ आज बिहाँन नेपाल ल्याइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँरले जानकारी दिनुभयो ।

बैतडी र बझाङ जिल्लाका मानिसहरुलाई महाकाली नगरपालिका–९ दत्तु नाका र दार्चुला सहित बाँकी ८ जिल्लाका मानिसहरुलाई दार्चुला सदरमुकास्थित खलंगा नाका भएर स्वदेश ल्याइएको छ । उनिहरुलाई ज्वरो मापन लगायत प्रार्थमिक स्वास्थ्य परीक्षण गरेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाउने तयारी गरिएको छ । सीमाबाट फर्किएका सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाइने सहायक प्रमुख जिल्ला अधिकारी कुवँरले बताउनुभयो ।

सीमाबाट सामाजिक दुरी कायम गरेर नेपाल प्रबेश गर्न दिइएको छ । यसअघि धारचुलाका क्वारेन्टाइनमा खान, बस्न र स्वास्थ्य उपचारको राम्रो व्यवस्था नभएको भन्दै साढे दुई सय नेपाली महाकाली नदीमा ट्युब तथा तुईन तरेर, पौडी खेलेर, जघाँर तरेर अबैध रुपमा दार्चुला भित्रिसकेका छन् । महाकाली तरेर आएका अधिकासं मानिसलाई दार्चुला सदरमुकाम खलंगास्थित क्वारेन्टाइनमा राखिएको छ ।