जनता टाइम्स

२ जेष्ठ २०७७, शुक्रबार १०:२६

बाँकेका पछिल्ला संक्रमित सबै भारतबाट आएको खुल्यो


नेपालगञ्ज, जेठ २

बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रबार संक्रमण पुष्टि भएका आठैजना लकडाउनका बेला भारतबाट आएको खुलेको छ । उनिहरु आठै जना महाराष्ट्रको विभिन्न शहरबाट नेपाल आइपुगेको खुलेको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उनीहरू नरैनापुर गाउँपालिकाको वडा नम्बर १, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुष हुन् । सोही गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले उनीहरू मुम्बई, सुरतलगायत ठाउँबाट लकडाउनकै समयमा नेपाल प्रवेश गरेको बताएको जानकारी दिनुभयो । कहिले आए भनेर अहिलेसम्म खुल्न नसकेको र उनिहरुको सम्पर्कमा आएकाहरुको खोज्ने क्रम शुरु गरिन लागेको बताउनु भयो ।

लकडाउन उल्लधंन गर्दै आएका सबैलाई अहिले नरैनापुर गाउँपालिकामा बनाइएका क्‍वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार संक्रमण देखिएका आठैजना क्‍वारेन्टाइनमै रहेको र थप विवरण लिने काम भइरहेको जानकारी दिएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।